कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चडहरु फसे

Posted on: 09 Jun, 2024

जेठ २७, काठमाडौँ | कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चडहरु पुलमै फसेका छन् ।

आइतबार दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर फसेका हुन् ।  

बिहानैदेखि पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएको दैलेख प्रहरीले बताए ।

घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार अछाम र दैलेखबीच आउजाउ बन्द भएकाे छ ।

उद्धारका लागि राकमबाट ७ जना प्रहरी टोली, जिल्लाबाट प्रहरी, सशस्त्रको टोली आइरहेको छ भने अछामबाट पनि आइरहेको प्रहरीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!