डडेल्धुरामा घरको छतबाट लडेर महिलाको मृत्यु

Posted on: 17 Aug, 2023

साउन ३२,  डडेल्धुरा | डडेल्धुराकाे सदरमुकाममा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका– ५ तुफानडाँडामा घरको छतबाट लडेर ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरी धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी भट्टले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!