‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस्’ : आरजु राणा देउवा

Posted on: 05 Nov, 2022

कात्तिक १९, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन् । आफ्नो गृह जिल्ला डडेल्धुरामा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा आरजुले त्यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यस अघि उनले प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेलधुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन् । उनले डडेलधुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्। 


उनले भनेकी छन् ‘जसरी आज हामी हेलिकोप्टरमा आयौँ। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुस् । नेपाली काँग्रेसको रुख छापमा तपाईँहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जिताउनुस्।’

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्। 

साथै यसअघि उनले कैलालीको धनगढीमा वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोभ देखाएर चर्चामा आएकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!