सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा ६५ यात्रु बेपत्ता, खोजी कार्य जारी

Posted on: 12 Jul, 2024

असार २८, काठमाडौं | नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगि उद्दार कार्य शुरु गरेको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन बाट बाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २५ जना परिचालन गरिएको सशस्त्र प्रहरी बलले बताए।



यस बिषयमा तपाइको प्रतिक्रिया...!