पहिरो खस्दा मुग्लिन-मलेखु सडक अवरुद्ध

Posted on: 06 Jul, 2024

असार २२, मुग्लिन | अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।  

इलाका प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो ।  चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको प्रहरीले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!