बर्दियामा आगलागी हुँदा एकै घरका तीन बालबालिकासहित चार जनाको मृत्यु

Posted on: 25 Nov, 2023

मङ्सिर ९, बर्दिया | बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताए ।

शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आगलागी हुँदा घरमा सुतिरहेका १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । 

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!