गुलरियास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एक नेपाली पक्राउ

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौँ | बर्दिया गुलरिया नगरपालिकास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एसएसबीले एक नेपालीबाट लागूऔषधसहित पक्राउ गरेको छ ।

एसएसबीले शंका लागि जाँच गर्दा १२ ग्राम लागूऔषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन केसीले पक्राउ पर्नेमा मधुवन नपा–५ का करिब २९ वर्षीय रेशम चौधरी भएको बताए । एसएसबीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।

एसएसबीले पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि भारत उत्तरप्रदेश राज्य बहराइच जिल्लाको मोतीपुर थाना पठाएको एसएसबीलाई उद्दढ गर्दै उनले जनाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!