बाघको आक्रमणबाट बाख्रा चराउन गएकी महिलाको मृत्यु

Posted on: 03 Nov, 2023

कार्तिक १७, बर्दिया | बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षिया सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको हो।

चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको एसपी सुधिरराज शाहीले बताए।

‘सामुदायिक वनमा बाख्रा चराउन गएर बेपत्ता भएको दिउँसो साढे २ बजे खबर प्राप्त भयो’ एसपी शाहीले भने, ‘खबर प्राप्त हुने बित्तिकै खोजतलास सुरु गरिएको थियो।’ दिउँसो साढे ३ बजे महिलाको शव फेला परेको हो। पोस्टमार्टमको लागि अहिले महिलाको शव बर्दिया अस्पतालमा लगिएको एसपी शाहीले जनाए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!