सिरहामा कार्यालय र आर्थिक व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम

Posted on: 23 May, 2019

महेश सिंह महतो | जेठ ९, सिरहा । भवानी एकिकृत विकास केन्द्रबाट सहकारी सँचालक समितिहरुलार्इ तीन दिने कार्यालय तथा आर्थिक व्यवस्थापन सम्बन्धी पुनर्ताजगी तालिम बिहिबार सम्पन्न भएको छ ।

सो तालिममा ३ सहकारीका संचालक समिति एक सहकारीबाट ८ जना र १ जना लेखा हेर्ने कर्मचारी पर्ने गरी जम्मा २७ जनाको सहभागी रहेको कार्यक्रम संयोजक कपलेश्वर साहले बताएका छन । कृषि बंधुवा मजदुर हरवा चरबा न्युनिकरण कार्यक्रम अन्तर्गत संचालित उक्त तालिममा ३ वटा हरवा चरवा सहकारीका संचालक समिति सहभागी रहेको थियो । 


संचालित तालिमको समापन समारोहमा सल्लाह सुझाव सहित भवानी एकिकृत विकास केन्द्रका महासचिव जशकरन साह, कार्यक्रम सँयोजक कपलेश्वर साह, प्रशिक्षक बिरेन्द्र कुमार चौधरी आ-आफनो मन्तव्य राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!