सुनसरीको मतदान केन्द्रमा विष्फोट : बालिका घाइते, मतदान स्थगित

Posted on: 20 Nov, 2022

मङ्सिर ४, सुनसरी | सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ। धमाधम मतदान जारी रहेका बेला ठूलो आवाजसहित विष्फोट भएको हो। 

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ। कुन बम विष्फोट भएको हो भन्ने प्रहरीले यकिन गरिसकेको छैन। विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो। 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विष्फोटमा परेर एक जना बालिका घाइते भएकी छन्। पहिचान खुल्न बाँकी रहेकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सोही मतदान केन्द्रको गेटनजिकै अर्को पनि बम रहेको आशंकामा नेपाली सेनाको टोलीले सर्च गरिरहेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!