सिन्धुपाल्चोकमा बिहानै गयो भूकम्प

Posted on: 03 Sep, 2024

भदौ १८, काठमाडौँ । सिन्धुपाल्चोकमा आज बिहान भूकम्प गएको छ।  

आज बिहान ६:११ बजे शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!