अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

Posted on: 30 Jun, 2021

असार १६, सिन्धुपाल्चोक (रासस) । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ ।


अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच/पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गर्नुभएको हो ।

नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच/पाँच हजारसहित सम्मान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!