रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २१ घाइते, ३ को अवस्था गम्भीर

Posted on: 20 Nov, 2023

मङ्सिर ४, खलंगा | रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीज्युलामा बोलेर जीप दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

सोमबार बिहान रुकुम चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।


जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र १० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!