जिप दुर्घटनामा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु

Posted on: 15 Aug, 2022

साउन ३०, प्यूठान | प्यूठानमा जिप दुर्घटना हुँदा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका ५ डाम्रीका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढामगर, ४ वर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जिप चालक २५ वर्षीय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।


आइतबार बेलुका करिब ६ बजेतिर बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनी ६ बाहाने बजार नजिकै घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी घाइते हुनेहरूमा ऐरावती गाउँपालिका ५ खवाङका २८ वर्षीय गोविन्द केसी, नौबहिनी  २  का २६ वर्षीया लक्ष्मी घर्तीमगर, सोही ठाउँका ५२ वर्षीय मीनराम सुनार, ३० वर्षीय दल बहादुर खत्री, नौबहिनी १ का २६ वर्षीय इन्द्र बहादुर बुढामगर, नौबहिनी ५ का २३ वर्षीय रविन घर्तीमगर, १८ वर्षीय धनमाला थापामगर,  ११ वर्षीय रोशन थापामगर घाइते भएका छन्।

यस्तै २८ वर्षीय हुम बहादुर बुढामगर, २८ वर्षीय मीनराज राना क्षेत्री, ६० वर्षीया दिलसरी विक, २२ वर्षीया दिलमाया थापा, ११ वर्षीया रियासा थापा, २५ वर्षीय रेमसरा बुढामगर, ४० वर्षीय गिरबहादुर सुनार र रोल्पा लुङ्ग्री गाउँपालिका १ की १२ वर्षीया अस्मिता पुनमगर घाइते भएका छन्।

जिपमा १९ जना सवार थिए भने ३ जनाको मृत्यु हो। बाँकी १६ जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा प्रवक्ता सुशील थापाले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!