प्युठानमा चुनाव प्रचारको क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु

Posted on: 02 May, 2022

वैशाख १९, प्युठान | प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए ।अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!