प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा बिजयी

Posted on: 14 May, 2022

वैशाख ३१, प्युठान । प्युठानको माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा बिजयी भएका छन् ।

बिजयी बनेका बुढामगरलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थन रहेको थियो । 

वडा अध्यक्ष बिजयी बन्ने क्रममा बुढामगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले ६२८ मत पाए । 

माण्डवी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका थियो । वडा अध्यक्षमा उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रकाे चुनाव चिन्हबाट लडेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!