नाचघरमा गायन प्रतियोगिता हुने

Posted on: 19 Aug, 2017

संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुको चौतर्फि विकास र प्रतिभा प्रष्फुटनका लागि गायन प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक फैका हाम्रो सनसाइन बोर्डिङ स्कुलका प्रिन्सीपल दिवेश खत्रीले बताउनुभयो । ‘विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्ने र उनिहरुको थप कला र गलाको विकास गर्ने उद्धेश्यले गायन कार्यक्रम राखिएको छ ।’ खत्रीले भन्नुभयो‘अतिरिक्त क्रियाकलापले बालबालिकाको  विकासमा निकै सहयोग पुग्छ,त्यसैले यस्ता कार्यक्रमहरु हामीले गरिरहेका छौं,तिनै कार्यक्रमहरु मध्येको एउटा कार्यक्रम हो एकल गायन प्रतियोगिता ।’ कार्यक्रमको तयारी भईरहेको आयोजकले जनाएको छ । 

निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंमा आवद्ध विद्यालयहरुमा श्रावण १५ देखि १८ गते सम्म अडिसन सञ्चालन भएको थियो । १ हजार ६१ जनाले अडिसमा सहभागिता जनाएका थिए । श्रावण २७ गते साहित्य  सदन कपनमा भएको अर्को अडिसनबाट उनिहरु मध्ये २० जना छानिएका छन् । भाद्र ९ गते हुने प्रतियोगितामा तिनै २० जनाले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगितामा उत्कृष्ट ५ जनालाई मेडल,प्रमाणपत्र र नगद सहित पुस्कृत गरिने कार्यक्रम संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार क्रमश ः प्रथम ५ हजार द्धितिय ४ हजार,तृतीय ३ हजार र सान्त्वना हुने २ जनालाई जनहि १ हजार ५ सय नगद र विजयीहुने विद्यालयलाई शिल्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!