दुई दलबीच एकता

Posted on: 14 May, 2019

बैशाख ३१, ओखलढुंगा | जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुवै पक्षका प्रभावशाली नेताहरुलाई जिल्ला कमिटी सदस्य बनाइएको छ । 

पूर्व एमालेका ६८ र पूर्व माओवादी केन्द्रका ५८ र बाँकी अन्य गरेर १३७ सदस्यीय जिल्ला समिति बनाइएको छ । नेपाली काङ्ग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका खिजीदेम्बाका नेताहरुले पनि जिल्ला समिति सदस्यको जिम्मेवारी पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!