रहेनन् वडाध्यक्ष लामा

Posted on: 14 Jun, 2023

जेठ ३१, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो । 

उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहनुभएको थियो । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य हुनुहुन्थ्यो ।

उहाँको निधनमा आज ककनी गाउँपालिकाले गाउँपालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा शोक बिदा दिने कार्यपालिका आकस्मिक बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!