ढुङ्गाको कापमा पुरुषको शव फेला

Posted on: 08 Nov, 2022

कात्तिक २२, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ८, कोगटेस्थित दोभान खोलामा पुरुषको शव फेला परेको छ ।

फेला परेको शव ईन्द्रसरोबर गाउँपालिका–३, काप्राङ बस्ने ५७ वर्षीय सञ्चार थिङको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव हिजो बिहान दोभान खोला ढुङ्गाको कापमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार थिङ कात्तिक २ गते घरबाट आफूखुशी निस्किएका थिए । तर परिवारले खोजतलासका लागि आफूहरुलाई जानकारी नगराएको प्रहरीको भनाइ छ ।

अनुसन्धान र मुचुल्काको निम्ति इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!