हेटौँडाबाट स्याउ बोकेर काठमाडौँ आउँदै गरेको पिकअप गाडी दुर्घटना

Posted on: 06 Sep, 2024

भदौ २१, हेटौँडा | हेटौँडाबाट स्याउ लिइ काठमाडौँ आउँदै गरेको पिकअप गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा  दुर्घटना भएको छ । 

दुर्घटनामा पिकअप गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका –१६ इनवा बस्ने २७ बर्षिय लक्ष्मीप्रसाद यादव गाडीबाट हामफाल्दा सामान्य घाइते भएका छन् । भने सहचालक ३० वर्षीय  रमेश पटेल सकुशल छन् ।

हेटौँडाबाट स्याउ लिइ काठमाडौँ आउँदै गरेको ना ३ च ६२४५ नम्बरको पिकअप गाडी उकालोमा चढ्न नसकी ब्याक हुँदा दुर्घटना भएको हो । गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् |

घाइतेलाई स्थानीय क्लिनिकमा उपचारका लागि पठाइएको र गाडी घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!