मनहरिमा भैँसीको आक्रमणले बाघको मृत्यु

Posted on: 22 Aug, 2024

भदौ ६, हेटौँडा । मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको मृत्यु भएको  छ ।

आज बिहान ३:१५ बजेको समयमा मनहरि गाउँपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको हो ।

 राईको गोठमा रहेको भैँसीलाई बाघले आक्रमण गर्दा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

बाघ बूढो भएको कारण भैंसीको आक्रमणले मृत्यु भएको देखिएको प्रहरीको भनाई छ । मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलिले लगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!