जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Posted on: 25 Feb, 2024

फागुन १३, मकवानपुर | हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!