मध्यराति मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौं | मध्यराति मकवानपुर केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिए।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी विवरण अद्यावधिक गरिसकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!