स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

Posted on: 18 Nov, 2023

मङ्सिर २, मकवानपुर | हेटौँडामा स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ठुलो दमारबाट हटिया तर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री ४३ वर्षीय गोपिनी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । 

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र चालक हेटौँडा–१ का ३५ वर्षीय ईलेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!