डिना उपाध्याय र कमल थापालाई पराजित गर्दै मकवानपुर- १ मा दीपक सिंह विजयी

Posted on: 24 Nov, 2022

मंसिर ८, मकवानपुर । मकवानपुर- १ बाट राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन्। दुई हेबिवेट उम्मेदवारहरु डिना उपाध्याय र कमल थापालाई पराजित गर्दै सिंह विजयी भएका हुन्।

बिहीबार सार्वजनिक मत परिणाम यस प्रकार छ-

दीपकबहादुर सिंह/राप्रपा- २७८१६

डिना उपाध्याय/कांग्रेस- २५४३४

कमल थापा/एमाले- २५४२०

राप्रपा नेपालका अध्यक्ष थापा एमालेको सूर्य चिह्नबाट उम्मेदवार बनेका थिए। २०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका कृष्णप्रसाद दाहाल निर्वाचित भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!