बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वाराआजका लागि सर्वदलीय बैठक आह्वान

Posted on: 03 Dec, 2023

मङ्सिर १७, मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्  । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!