हावाहुरीको कारण फेवातालमा डुंगा दुर्घटना, एक युवतीको सकुशल उद्दार

Posted on: 11 Apr, 2024

चैत २९, पोखरा । फेवातालमा अचानक आएको हावाहुरीको कारण बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो ।  


फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता  शैलेन्द्र थापाले जानकारी दिए । उनको अवस्था सामान्य रहेको थापाले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!