पहिलो पटक पोखरा विमानस्थलमा भुटानको ड्रुक एयरले गर्‍यो व्यवसायिक उडान

Posted on: 09 Sep, 2023

भदौ २३, काठमाडौँ | भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो । 

विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज तीन यात्रु लिएर आएको थियो |  एक सय ५० यात्रु क्षमताको ड्रुकको त्यो जहाजमा पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ । 

भुटानबाट नेपाल आएका यात्रुहरूमा नेपाली, अमेरिकी र भियतनामी एक–एक जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।

ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले दश अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ । यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ । 

ड्रुकको विमान बिहान पौने ७ बजे अवतरण गरी यात्रु लिएर पौने ८ बजे फर्किएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चोटि यात्रुहरू विदेशका लागि उडेका छन् । विमानस्थलले सुरु भएको आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!