कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

Posted on: 06 Dec, 2022

मङ्सिर २०, काठमाडौँ | कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । तर उनीविरुद्ध जाहेरी भने दर्ता भएको छैन  ।

न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् ।


पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमानेपछि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन् ।

सोही उजुरीको आधारमा आयोगले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । आयोगको पत्रपछि घटनाबारे अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!