कंचनपुरमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु

Posted on: 05 Jul, 2021

असार २१, कञ्चनपुर (रासस) । भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ ।

कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो ।

स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो ।

मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का वडाध्यक्ष राम नाथले बताउनुभयो ।

मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् ।

मृत्युपछि आरोपित पालसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

बोहराको शव महाकाली अस्पतालमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!