कञ्चनपुरमा खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित

Posted on: 16 May, 2022

जेठ २, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी  मत भेटिएपछि मत गणना रोकिएकाे छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।

गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!