बाघको आक्रमणबाट कञ्चनपुरमा महिलाको मृत्यु

Posted on: 01 Aug, 2024

साउन १७, कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका -२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।


बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!