गुल्मीमा लेदोसहितको बाढीमा फस्यो बस

Posted on: 20 Aug, 2024

भदौ ४, काठमाडौँ । गुल्मी जिल्लामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्‍याएको छ । रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


राजमार्गको तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ । यात्रु सबैजना बसबाट सकुल बाहिर निस्किएका छन् । राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।

सडक बिस्तारले अहिले वर्षको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ ।  बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!