समाज | डोटी - DT


डोटीमा मिनिट्रक दुर्घटनामा परि एकको मृत्यु

Posted on March 12, 2018 | views : 1878 | डोटी - DT

प्रकाश बम, फागुन २८, डोटी | डोटीको सिलगढीवाट दिपायल तर्फ आउदै गरेको से१ ख १२१५ नं को मिनिट्रक आज अपरान्ह करीब ४:३० बजे तिर दुर्घटना हुदा एक जना मृत्यु भएको छ  । दिपायल सिलगढी नगरपालिका वडा नं ५ का चालक नर बहादुर मलासीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  जिल्ला अस्पताल डोटि लैजाने

Read More

डोटीमा २ सय ८८ सल्लाका रुख कटान कटान गरिँदै

Posted on February 27, 2018 | views : 1813 | डोटी - DT

प्रकाश बम/फागुन १५, डोटी । डोटीमा सल्लाका रुख कटान गर्न लागेको जिल्ला बन कार्यलय डोटीले जनाएको छ । जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे सिलगढीमा अन्तरक्रिया कार्यक्रम पछि माथिल्लो फुलौट सामुदायि बनमा गरीएको अनुगमन उक्त कुराको जानकारी गराएको हो । बैज्ञानिक बन ब्यवस्थापनको अबधारणक

Read More

डोटीमा गोली चल्यो, गोली हान्ने व्यक्ति फरार

Posted on February 24, 2018 | views : 2241 | डोटी - DT

फागुन १२, डोटी | डोटीमा दुई व्यक्तिबीच गोली चल्दा ५५ बर्षीय व्यक्ति घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको आर्दश गाउँपालिका गोसेडाका धर्म लुहार र देव अधिकारीबीच आपसमा विवाद हुँदा धर्म लुहारले गोली चलाएका हुन् । लुहारले चलाएको गोली लागेर देब अधिकारी गम्भिर घा

Read More

डोटीमा चार दिनदेखि स्वास्थ सेवा ठप्प

Posted on February 24, 2018 | views : 1393 | डोटी - DT

प्रकाश बम/फागुन १२, डोटी । जिल्ला अस्पताल डोटीमा चार दिन देखि स्वास्थ सेवा ठप्प रहेको छ ।  गत आईतबार जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिँहमाथि कुटपिट भएपछि आफुहरु असुरक्षित भएको भन्दै जिल्ला डाक्टरहरुले जिल्ला छोडेका हुन् । डाक्टर हरुले जिल्ला छोडेपछि अहिले पोष्टमार्टम लागि समेत शबला

Read More

सल्यानमा टिप्पर दुर्घटना हुदाँ डोटीका एक युवासहित दुर्इ जनाको मृत्यु

Posted on February 03, 2018 | views : 2107 | डोटी - DT

माघ २०, सल्यान । सल्यानमा मालबहाक ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा शुक्रबार साँझ ७: ४० बजेतीर भएको दुर्घटनामा ट्रिपरका चालक र सहचालक दुबैको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रिपर चालक बाँकेको कोहलपुर नगरपालिका १ निवासि २७ वर्षिय सुरज वोह

Read More

बाजुराको जोखिम बस्तीको सर्वेक्षण

Posted on January 25, 2018 | views : 1973 | डोटी - DT

माघ ११, बाजुरा | शहरी तथा भवन डिभिजन कार्यालय डोटीले बाजुराका नौ स्थानीय तहका साविकका अधिकांश गाविसमा बस्ती विकास कार्यक्रमका लागि पहिलो चरणको सर्वेक्षण गरेको छ ।  जोखिममा रहेका गाउँपालिका तथा नगरपालिकाका साविकका गाविस पहिरो गएका र उक्त स्थानमा बस्न योग्य नभएका कारण सरकारले जोखिममा रहेका बस्ती

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13534 | डोटी - DT

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

'हे काल, कहाँ छस् ? चाडैं आइजा, मलाई लैजा'

Posted on December 29, 2017 | views : 3072 | डोटी - DT

“हे काल !  कहाँ छस् ?  चाडैं आइजा ।  मलाई लैजा ।  म चाडैं मर्न चाहन्छु ।  भयो काल, यो भन्दा बढ्ता बाच्न सक्दिनँ म ।  यो भन्दा बढ्ता दु:ख नदे मलाई ।  मलाई मुसा मार्ने बिष खुवाएर चाडैं मारिदेऊ । “ यो मृत्युको पुकार कुनै चलचित्रको संबाद होइन । न त नाटक र कहानीको एक दृ

Read More

डोटीमा ५ दिने आधारभुत पत्रकारीता तालिम शुरु

Posted on December 27, 2017 | views : 1813 | डोटी - DT

प्रकाश बम/पुस १२, डोटी । दिपायलमा मंगलबार देखि पाँच दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको छ । सुचना बिभागको आयोजना तथा एकिकृत समाज विकास नेपालको सह आयोजना र नेपाल पत्रकार महासंघ डोटी शाखाको स्थानीय संयोजनमा तालिमको आयोजना गरीएको हो । आधारभूत पत्रकारीता तलिमको उद्घाटन कार्यक्रममा बोल्दै सूचना विभा

Read More

डोटीमा असहायबीच न्यानो लुगासँग न्यानो माया साट्दै केबी

Posted on December 27, 2017 | views : 1514 | डोटी - DT

पुस १२, डोटी । डोटीको दीपायल बजारमा व्यापार गर्दै आएका खगेन्द्र साउद (केबी)ले मंगलबार दीपायल सिलगढी नगरपालिकाका सबै वडामा न्यानो लुगा वितरण गर्नुभएको छ ।  दीपायलमा विगत १२ वर्षदेखि केबि स्टिल तथा फर्निचर उद्योग, केबि इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका साउदले नगरपालिकाभित्रका नौवटै वडामा पुगेर वृ

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4534 | डोटी - DT

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

मतदान गर्न जाने क्रममा डोटीमा एक महिलाको मृत्यु

Posted on December 07, 2017 | views : 1417 | डोटी - DT

मंसिर २१, डोटी । जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ ।  दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृ

Read More

डोटीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ८ घाइते

Posted on November 04, 2017 | views : 1771 | डोटी - DT

प्रकाश बम/कात्तिक १८, कात्तिक । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ।  केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल तर्फ आइरहेको से १ ज २६५ नं. को बोलेरो जीप आज बिहान करीब ११ बजे तिर सोही गाउँपालिकाको वडा नं. ३ देउरडी

Read More

डोटीमा जिप दुर्घटना हुँदा चारको मृत्यु, चार जना घाईते

Posted on November 04, 2017 | views : 2811 | डोटी - DT

कात्तिक १८, डोटी । डोटीमा जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप डोटीको केआइसिंह गाउँपालिका –३ देउराडीमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको थप जानकारी

Read More

डोटीमा फेरी दुर्घटना, तीन जनाको मृत्यु (तश्विर सहित)

Posted on October 19, 2017 | views : 1999 | डोटी - DT

कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको  तीन दिन पछि फेरी अर्को दुर्घटना भएको हो ।  डोटीको बड्डीकेदार गाउँपालिका वडा नम्बर दुई खड्यौली स्थित सुनालेबाट घनगढी तर्फ जाँदै गरेको स

Read More

डोटीमा बस दुर्घटना, तीन जनाको मृत्यु

Posted on October 19, 2017 | views : 1637 | डोटी - DT

कात्तिक २, डोटी (रासस) | बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।  बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् ।  बर्छेनब

Read More

बस एक आपसमा ठोक्किदा दुईको मुत्यु , ७ जना गम्भिर, ३८ समान्य घाईते

Posted on October 17, 2017 | views : 2102 | डोटी - DT

असोज ३१, डोटी | डोटीको जोरायल गाउँपालिका–१ घण्टेश्वर घोरडीमा बिपरित दिशाबाट गईरहेका दुई बस आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीतर्फ गईरहेको महाकाली यातायातको ना ५ ख ६०८१ नं. को यात्रुबहाक बस र डडेल्धुराबाट महेन्द्रनगरतर्फ गईरहेको उग्रतारा यातायातक

Read More

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

Posted on October 05, 2017 | views : 3895 | डोटी - DT

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।  तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।  क्षेत्रीय निर्वाचन कार्या

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13757 | डोटी - DT

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

यस्तो छ - ‘बुढी पोल्ने’ पर्व मनाइनुको धार्मिक कारण

Posted on September 17, 2017 | views : 2107 | डोटी - DT

असोज १, डोटी | घर र समाजमा शान्तिको कामना गर्दै सुदूरपश्चिममा आईतबार ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । यो पर्व भाद्र १ गते देखि सुरु हुन्छ । परम्परा अनुसार भाद्र १ गतेका दिन “लिस्नु” गाड्ने चलन छ । चलन अनुसार गाउँका ग्वाला–गोठालाहरुले बाटोको छेउछाउमा सिमल, मेल, सल्ला आदिको बोट जमिनमा गाड्छन

Read More

डोटीमा लोकसेवा आयोगको नवनिर्मित भवन उद्घाटन

Posted on September 03, 2017 | views : 1979 | डोटी - DT

भदौ १८, डोटी । लोकसेवा आयोग सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय दिपायलको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ ।  दुई करोड ८३ लाख ७९ हजार ७४३मा निर्माण भएको उक्त भवनको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।  आधुनिक शैलीमा निर्माण भएको सो भवनबाट

Read More

सूदूरपश्चिममा 'वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

Posted on August 17, 2017 | views : 4165 | डोटी - DT

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ ।  साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14583 | डोटी - DT

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

डोटीमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

Posted on August 13, 2017 | views : 4235 | डोटी - DT

साउन २९, डोटी । अरिङ्गालले टोकेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।  अरिङ्गालले टोकेर दीपायल सिलगढी नगरपालिका– १ घटालीगाउँका २० वर्षीया पद्मादेवी जोशीको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा राजपुरस्थित सुजङ अस्पतालमा मृत्यु भएको सो अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले जानकारी दिनुभयो । 

Read More

अपडेट: डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु (नामावलीसहित)

Posted on August 05, 2017 | views : 2051 | डोटी - DT

साउन २१, डोटी । डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थमै ज्यान गएको छ । दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप घटनामा ७ जना घाईते भएका छन । घाईते ७ जना मध्ये ४ जनाको अबस्था गम्भीर छ । गयराति साढे १० बजे साविकको गगुडा गाविसको वड

Read More

डोटीमा जीप दुर्घटना हुँदा ९ को मृत्यु, ७ जना घाइते

Posted on August 05, 2017 | views : 4253 | डोटी - DT

साउन २१, डोटी । अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।  दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप शुक्रबार राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो । मृ

Read More

डोटीको दीपायल बसपार्क एक सातादेखि बन्द

Posted on July 31, 2017 | views : 2352 | डोटी - DT

साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ ।  विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुलेको छैन । अवरोध जारी रहेपछि बसपार्क एक सातादेखि प्रयोगविहीन अवस्थामा छ ।  बसपार्क जोड्ने सडकमा आफ्नो सात आना जग्गा रहेको दाबी गर्दै स्थानीयवासी ट

Read More

डोटीमा पहिरोले घर भत्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

Posted on July 21, 2017 | views : 5573 | डोटी - DT

साउन ६, डोटी । डोटीको सायल गाउँपालिका-१ मा अबिरल वर्षाका कारण पहिरोले घर भत्काउँदा एक बालिकाको ज्यान गएको छ । बिहीबार राति भएको उक्त घटनामा साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै मृत्यु भएको हो । घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम

Read More