भूमि आयोग कार्यालय स्थापना

Posted on: 17 Mar, 2021

चैत ४, डोटी । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो ।

जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकाले सबैले फाइदा लिनेमा विश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताउनुभयो । भूमिको वितरण तथा जग्गाको लालपुर्जासम्म दिन सक्ने अधिकार स्थानीय तहलाई भएको कारण स्थानीय तह र आयोगबीचको सहकार्यमा हुनुपर्ने ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाउनुभयो ।

आयोगको कार्यालयले डोल्पामा रहेका भूमिहीन, सकुम्बासीका समस्या समाधान हुने र एकीकृत बस्तीलाई समेत व्यवस्थित बनाउनेमा सबैले हातेमालो गरेर लाग्नुपर्ने विश्वास व्यक्त गरिएको छ । डोल्पाका नागरिकले भूमिविहीन हुन नपर्ने गरी आयोगको टोलीले काम थाल्ने भूमि समस्या समाधान आयोग डोल्पाका अध्यक्ष धनचन्द्र बैजीले बताउनुभयो । यसका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ ।

कार्यालय स्थापना भएसँगै नगरपालिका तथा गाउँपालिका र वडास्तरसम्म समिति गठन हुने बताइएको छ । हाल जिल्लामा सात सदस्यीय जिल्ला समितिको कार्यालय रहनेछ । 

जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनापछि उपचार सहज

दिपायल सिलगढी नगरपालिका–५ सिलगढीस्थित इन्द्रचोकमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गरिएपछि यहाँका नागरिकलाई उपचार गर्नमा सहज भएको छ । जनस्वास्थ्य प्रर्वद्धन केन्द्रमा हाल उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । हाल उक्त केन्द्रमा दैनिक १० देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ । 

सो केन्द्रमा एकजना एचए, एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी गरी चार जनशक्ति राखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । केन्द्र स्थापना भएसँगै यहाँका ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिलाई उपचार गर्न निकै सहज भएको दिपायल सिलगढी नगरपालिका–५ सिलगढीका स्थानीयवासी हेम केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई जिल्ला अस्पतालमा गएर सेवा लिन समस्या भएको थियो, अहिले घर नजिकै केन्द्र खोलिएपछि उपचारका लागि सहज भएको छ ।” 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । चालु आर्थिक वर्षमा सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको निर्देशक डा अवस्थीले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा जनसङ्ख्याको बढ्दो चापका कारण स्वास्थ्य सेवा पहुँच बढाउनुपर्ने र केन्द्रलाई उद्देश्यअनुरूप सञ्चालन गरिनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्ला अस्पताललगायतका क्षेत्रमा उपचार गर्न आउने बिरामीको चाप बढ्दो छ, चाप घटाउनका लागि भए पनि सबै स्थानीय तहमा क्रमिकरुपमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र खोल्नु जरुरी छ ।” नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारको केही हदसम्म भए पनि पूरा गर्न हालै सञ्चालन गरिएको उक्त केन्द्रले टेवा पु¥याउने जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले दाबी गर्नुभयो । 

व्यक्तिगत घटना अनलाइनबाट दर्ता 

पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाले व्यक्तिगत घटना अनलाइनबाट दर्ता कार्य शुरु गरेको छ । गाउँपालिकामा रहेका सातवटा वडामध्ये वडा नं २ र ३ मा नियमितरुपमा अनलाइन जडान गरी व्यक्तिगत घटना दर्ता शुरु गर्ने अभियानको शुरुआत गरेको हो । जन्म, मृत्यु, विवाह, बसाइँ सराइ तथा सम्बन्ध विच्छेदका घटनालाई ‘भर्स एमआइएस सिस्टम’ मा दर्ता गरी डिजिटल प्रमाणपत्र वितरण गर्न लागिएको आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको जीवनमा घटने दैनिकजसो घटनालाई हामीले अब अनलाइन सिष्टमबाट दर्ता गर्न शुरु गरेका छौँ, जसले गर्दा नागरिकलाई निकै राहत हुने छ ।”

गाउँपालिकाले व्यक्तिगत घटना प्रमाणपत्र वितरण गर्न आगामी दिनमा पालिकाका सबै वडामा अनलाइन सेवा शुरु गर्नेे जनाएको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई सरल, सहज र व्यवस्थित बनाउन पुराना सबै घटना दर्ता किताब (ढड्डाहरु) डिजिटलाइजेशन भइसकेको र अब अनलाइन सिस्टमबाट दर्ता गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरतबहादुर परियारले जानकारी दिनुभयो  । सरकारबाट पाइने महत्वपूर्ण सेवा सुविधा सामाजिक सुरक्षा भत्तामा कोही नछुटून र कोही नदोहोरिऊन भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सामाजिक सुरक्षालाई पारदर्शी र चुहावटरहित बनाउन सामाजिक सुरक्षा भत्तालाई आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकदेखि अनिवार्य बंैकबाट भत्ता वितरण गर्ने गरी बैंकसँग सम्झौता कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । 

यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना कार्यक्रमको सन् २०२४ सम्म व्यक्तिगत घटना दर्तालाई शत्प्रतिशत पु¥याउने लक्ष्यलाई सफल पार्न गाउँपालिकाले केही दिनभित्रमै सबै वडामा दर्ता शिविर सञ्चालन गर्ने गृहकार्य शुरु गरिसकेको आदर्श गाउँपालिकाका अपरेटर गीताकुमारी कठायतले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!