सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

Posted on: 18 Sep, 2024

असोज २,  काठमाडौं । सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!