प्रहरीको हिरासत तोडेर धनुषामा ९ जना थुनुवा फरार

Posted on: 23 Sep, 2024

असोज ७, जनकपुरधाम | जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज बिहान ९ जना थुनुवा फरार भएका हुन् ।

हिरासत कक्षको भेन्टिलेशन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।

हिरासत कक्षमा रहेका १० जना थुनुवामध्ये भेन्टिलेशन फोडेर निस्किएका थिए । जसमध्ये एकजनालाई भने प्रहरीले पक्राउ गरेको छ। अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरीले बताए |

फरार भएकाहरूमध्ये ५ जना लागु औषध मुद्दाका थुनुवा रहेका छन् भने ३ जना अभद्र व्यवहार मुद्दाका आरोपित रहेको धनुषा प्रहरीले जानकारी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!