बरहथवा घटना : अझै उठेन साहको शव

Posted on: 07 Jan, 2024

पुस २२, जनकपुरधाम । सर्लाहीको बरहथवा घटनाको विषयमा पीडित पक्ष र सरोकारवाला निकायबीचको छलफल निष्कर्षमा नपुग्दै टुंगिएको छ । गए राति इलाका प्रहरी कार्यालय बरहथवामा बसेको सुरक्षा निकायका प्रमुखसहित पीडित पक्ष र सरोकारवाला निकायहरुसँगको छलफल सहमतिमा पुग्न सकेन ।


शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले चलाएको गोली लागेर बरहथवा-६ का जयशंकर साहको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!