६८ वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

Posted on: 10 Jun, 2024

जेठ २८, भोजपुर । भोजपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । भोजपुरको अरुण गाउँपालिका ४ का ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

 तामाङले आफ्नै आमा ६८ वर्षीया निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेका थिए । अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!