ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

Posted on: 14 Dec, 2023

मङ्सिर २८, भोजपुर | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोजपुर सदरमुकाममा पहिचानवादीले कालो झण्डा देखाएका छन् । मध्यपहाडी संकल्प यात्राअन्तर्गत १५औं दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।


ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत पक्राउ परेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानवादीले एमालेको संकल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!