मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक युवकको मृत्यु

Posted on: 24 Jan, 2024

माघ १०, काठमाडौँ | भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।

बुधवार साँझ भएको दुर्घटनामा ज्यान गुमाउने ओम केसी पाण्डुबजारका स्थानीय हुन् । सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश–०२–०२१ प ९०३२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । मृतक मोटरसाइकल चालक हुन् । स्कुटर चालक सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!