बझाङमा रोकिएन भूकम्पको धक्का, आज फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

Posted on: 07 Oct, 2023

असोज २०, काठमाडौं | सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । 

आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि ३:१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३:४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

१६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो पराकम्प हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!