घाँसको भारीले विद्युतको पोलमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 28 Jan, 2024

माघ १४, स्याङ्जा | करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पुतली बजार नगरपालिका-८ काहुले बस्ने ५० वर्षीय चन्द्र कुमारी सुनारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाँस बोकेर घर फर्कने क्रममा घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!