छोराले आफ्नै बुबालाई बन्चरो प्रहार गरि गरे हत्या

Posted on: 14 Aug, 2024

साउन ३०, सिन्धुली । सिन्धुलीमा छोराले सुतेको अवस्थामा आफ्नै बुबालाई बन्चरो प्रहार गरि हत्या गरेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए। उनको घटना स्थलमै ज्यान गएको थियो।

घटनाको खबर प्राए लगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!