सप्तरीमा जसपा र एकीकृत समाजवादीका चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

Posted on: 01 Sep, 2023

भदौ १५, काठमाडौँ । सप्तरीमा जसपाका तीन जना पालिका प्रलुख र एकीकृत समाजवादीका एक पालिका प्रमुख गरि चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका हुन् । 


जिल्लाको राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, विष्णु गाउँपालिकाका प्रमुख उमेशप्रसाद यादव र बोदे बरसाइन नगरपालिकाका आतेशकुमार सिंह यादवलाई भ्रष्टाचार मुद्धा लागेको हो । यी मध्ये राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवलाई विशेष अदालतले दोषी नै ठहर गरिसकेको छ । 

त्यस्तै जसपाबाटै निर्वाचित विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवलाई घुससम्बन्धी घटनामा अख्तियारले नियन्त्रणमा लिएपछि निलम्बित भएका हुन् । 

यस्तै बोदे बरसाइन नगरपालिका मेयर आतेशकुमार सिंह यादवलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । जसको कारण उनि निलम्बित भएका हुन् । 

यस्तै शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता कलवार पनि निलम्बित भएका छन् । मेयर कलवार नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । अख्तियार दुरुपयोग आयोगले उनीविरुद्ध विशेष अदालतमा घुस लिएको आरोपमा आरोप पत्र दायर भएसँगै उनी निलम्बित भएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!