विक्रम हुमागाईंले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड

Posted on: 22 Feb, 2024

फागुन १०, रौतहट | सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्भालेका हुन् ।

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरी  बाट सरुवा भएर आएका एसपी हुमागाईं विधिवत रूपमा बुधबार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्भालेका हुन् ।  २०५९ सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी माधव रेग्मीको सशस्त्र प्रहरी बल नेपाल प्रशासन कार्यालय सीमा सुरक्षा  विभाग काठमाडाैँ सरुवा भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!