मधेश बन्द गराउँदै हिँडेका आम जनता पार्टीका नेता–कार्यकर्ता पक्राउ

Posted on: 25 Jan, 2024

माघ ११, रौतहट | मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट  बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।


प्रहरीले जनकपुरको रामानन्दचाेकबाट पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह लगायतलाई पक्राउ गरी धनुषा प्रहरी कार्यालयमा राखेको छ ।

यस्तै, रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रण लिएर चपूर प्रहरीमा राखिएको छ ।

सवारी आवागमनमा अवरोध गर्ने, गाडीमा तोडफोड जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आम जनता पार्टीले आज बन्द आह्वान गरेको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!