पाल्पामा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

Posted on: 26 Aug, 2024

भदौ १०, पाल्पा । पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको हो।

प्रहरी अनुसार तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट तल खसेकाे थियौ । 

दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरीले कार्यलय पाल्पाले जनाएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!