दुई बालिकामाथि एकैरात करणी प्रयासको आरोपमा एक युवा पक्राउ

Posted on: 03 Aug, 2023

साउन १८, पाल्पा | दुई बालिकामाथि एकैरात करणी प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवालाई नियन्त्रणमा लिएको छ ।

तानसेन नगरपालिका वडा नं ४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई यो विषयमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठडराईले गएको आइतबार रातिको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेका थिए भने सोही राती तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए ।

पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

‘पीडितको पक्षबाट जाहेरी आएपछि हामीले अनुसन्धानको लागि आरोपितलाई ल्याएका छौं, अनुसन्धानबाट घटना के कसरी भएको हो भन्ने खुल्नेछ’ थापाले  भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!